जिप्रका सुर्खेतको हिरासतबाट ३ थुनुवा फरार

स्काई न्यूज /चैत २०, सुर्खेत ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासत कक्षबाट तीन जना थुनुवा फरार भएका छन् । फरार हुनेमा सुर्खेतको वीरेन्द्रनगर ६, का रोशनराज रेग्मी, सुनिल थारु र भेरीगंगा नगरपालिकाका सन्देश कसेरा रहेको प्रहरीले स्रोतले जनाएको छ । गएराती एक बजे तीर हिरासत कक्षको झ्याल नै उक्काएर ब्राउन सुगर लागु औषध मुद्दामा पक्राउ परेकाहरु फरार भएपनि जिप्रकाले भने विहान ७ बजेमात्रै थाहा पाएको प्रहरी श्रोतले जानकारी दिएको छ । तीन जना थुनुवाहरु भागेपछि  जिप्रकामा ठूलै हडकम्प मच्चिएको प्रहरी नै बताउँछन् ।


यता जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गोपाल रायमाझी तथा प्रहरी प्रमुख एसपी दिल्लीराज पन्तलाई यसबारेमा बुझ्न बारम्बार फोन गर्दा पनि कल उठाउन मानेन् । उता सुर्खेतका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले तीन जना फरार भएको पुष्टि गरेका छन् । उनले थुनुवा कसरी फरार भए, गल्ती कसको हो भन्ने पत्ता लगाई आजै छानविन समिति समिति गठन गरिने जानकारी दिए ।

Translate »