पत्रकारमाथिको दुर्व्यवहार निन्दनीय : महास‌ंघ

स्काई न्यूज/ चैत २४, सुर्खेत ।
सुर्खेतमा पत्रकारकामाथि दुर्व्यवहार भएको घटनाप्रति नेपाल पत्रकार महासंघ सुर्खेतले गम्भीर ध्यानाकर्षण भएको बताएको छ। महासंघ सुर्खेतले सोमबार प्रेस विज्ञप्ति जारीगर्दै समाचार संकलनको क्रममा रहेका पत्रकार माथि हुने दुर्व्यवहारका घटनाको भत्सर्ना गरेको हो । नागरिक दैनिकका कर्णाली प्रदेश प्रतिनिधि नगेन्द्र उपाध्याय र जागरण एफएमका सुर्खेत प्रतिनिधि नन्द कठायत माथि एकैदिन भएको दुर्व्यवहार प्रति महासंघले आपत्ती जनाएको छ । कोरोना भाईरसको महामारीको समयमा सरकारले गरेको लकडाउनको उल्लंघन जिम्मेवार निकायबाटै भएको भन्दै सोधपुछ गर्दा प्रदेशसभा सदस्य दानसिंह परियारले पत्रकार उपाध्यायलार्ई दुर्व्यवहार गरेको महासंघले बताएको छ ।

‘लकडाउनको समयमा सरकारी सवारी साधनको दुरुपयोग गरेको विषयमा पत्रकार उपाध्यायले प्रतिक्रिया लिन खोज्दा प्रदेश सभा सदस्य परियारले अश्लिल शब्द प्रयोग गर्दै गालिगलौज गरेको ,’ महासंघको प्रेस विज्ञप्तिमा उल्लेख छ ।’ पत्रकारलाई स्वतन्त्रपूर्वक समाचार संकलन एवं सम्प्रेषणको अधिकार हुदाँहुदै पनि जिम्मेवार निकायबाटै दुर्व्यवहार हुनु प्रेसमाथि ठाँडो हस्तक्षेप भएको महासंघ सुर्खेतका सचिव सुदीप पुरीको भनाइ छ। त्यस्तै अर्का पत्रकार कठायतलाई समाचार प्रसारणक लागि कार्यालय जानेक्रममा प्रहरीबाट हातपात भएको प्रेस विज्ञप्तिमा उल्लेख छ । संकटको यस घडीमा जोखिम मोलेर नागरिकलाई सूचना प्रवाहका लागि अघोरात्र खटिएका पत्रकारमाथि दुर्व्यवहार तथा हातपात गर्ने व्यक्तिलाई कार्वाही गरि घटनाको सत्यतथ्य बाहिर ल्याउन स्थानीय प्रशासनसँग महासंघले माग गरेको हो । यसैवीच नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशले समेत प्रेस विज्ञप्ति जारी गर्दे पत्रकार माथिको दुव्र्यवहारको घटना निन्दनीय भएको भन्र्दै सार्वजनिक पद धारण गरेका जिम्मेवार ब्यक्तिबाट र नागरिकको सुरक्षाको जिम्मेवारी लिएको नेपाल प्रहरीबट यस्तो ब्यवहार हुनु भनेको प्रेस स्वतन्त्रतामाथि नै धावा बोलेको ठहर छ । पत्रकारहरु माथि गरिने यस्ता क्रियाकलाप, गैरकानूनी एवं अति निन्दनीय भएको महासंघ कर्णाली प्रदेशका महासचिव दीपेन्द्र शर्माद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

Translate »