परिसंघद्वारा कर्णाली र काठमाडौंमा राहत वितरण
काठमाडौं । नेपाल उद्योग परिसंघले कोरोना भाईरस विश्व महामारीबाट उत्पन्न परिस्थितिबाट प्रभावित कर्णाली प्रदेश र काठमाडौंका मानिसहरूलाई राहत वितरण गरेको छ । मंगलवार कर्णाली प्रदेश उद्योग परिसंघका संयोजक टेकबहादुर भण्डारीले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई राहत सामाग्री उपलब्ध गराएका हुन् ।
परिसंघले प्रदान गरेको खाद्यान्न लगायतका सामग्री समावेश गरिएको १ हजार थान प्याकेट प्रदेश सरकारले आवश्यकताका आधारमा वितरण गर्ने बताएको छ । त्यस्तै मंगलवार नै परिसंघले काठमाडौं महानगरपालिकाको भिमसेनगोला क्षेत्रका विपन्न परिवारलाई पनि खाद्यान्न वितरण गरेको छ । प्रदेशसभा सदस्य गणेशप्रसाद दुलाल, काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्याल, काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललगायतको संयुक्त उपस्थितिमा दाल, चामल, नुन, तेललगायत अत्यावश्यकीय सामग्री रहेका प्याकेटहरू हस्तान्तरण गरिएको परिसंघका अध्यक्ष सतिशकुमार मोरले जानकारी दिए ।
परिसंघले नेपालका सवै प्रदेशलगायत काठमाडौं, ललितपुर तथा भक्तपुरका विभिन्न स्थानमा राहत सामग्रीहरू उपलब्ध गराउँदै आएको बताएको छ । कोरोना भाइरसको त्रासबाट उन्पन्न विषम परिस्थितिमा आप्mना सदस्य प्रतिष्ठानहरूलाई दैनिक उपभोग्य वस्तु तथा अत्यावश्यकीय सामानको उत्पादनलाई निरन्ता दिदै सोको आपुर्ति व्यवस्थालाई दुरुस्त राख्न समेत परिसंघले आग्रह गरेका छन् । साथै खाद्य वस्तु उत्वादन गर्ने कारखाना तथा उद्योग सञ्चालनका लागि सहज वातावरण बनाईदिन सरकारसँग आग्रहसमेत गरेको छ । विविध कारणले खाद्य सामग्री अभाव भएकाहरूलाई परिसंघले केन्द्र, प्रदेश सरकार तथा स्थानीय तहसँग समन्वय गरी खाद्य सामग्री उपलब्ध गराउने प्रयास गरिरहेको बताएको छ ।