सुर्खेतमा लकडाउन उलंघन गर्ने १३२ जना पक्राउ

स्काई न्यूज /चैत २६, सुर्खेत ।
सुर्खेतमा लकडाउन उलंघन गर्ने १३२ जना पक्राउ परेका छन् । विहीबार कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्न सरकारले लागू गरेको लकडाउन उलङघन गर्ने ४४ महिलासहित ८८ जना पुरुष पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । प्रशासनको आग्रहविपरित अनावश्यक रुपमा निस्केकालाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी गोपाल रायमाझीका अनुसार लकडाउनको अवज्ञा गर्दै बिनाकामकाज घरबाट बाहिर निस्किएका व्यक्तिहरुलाई वीरेन्द्रनगर बजारक्षेत्रबाट नियन्त्रणमा लिइएको हो । उनले ती पक्राउ परेका व्यक्तिलाई दिनभरी नियन्त्रणमा लिएर साँझपख सम्झाई बुझाई छोडिएको जनाए । अत्यावश्यक काम भएकाले भने त्यसबारे जानकारी गराएर हिंडडुल गर्न सक्ने उनले बताए । त्यस्तै सुर्खेतका विभिन्न स्थानमा लकडाउनको उलंघन गर्दै अत्यावश्यक सेवा बाहेकका व्यक्तिले चलाएका सवारीसाधनलाई समेत प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

Translate »