लकडाउनको अबधि अब वैशाख १५ गतेसम्म

काठमाडौं  ।  सरकारले कोरोना भाइरस रोथामका लागि जारी राखेको लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको हो ।  बैठकले वैशाख १८ गतेसम्म हवाई उडान स्थगित गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । चैत ११ गते पहिलो पटक लकडाउन घोषणा गरेको सरकारले तेस्रो पटक अवधि थप गरेको हो ।  दोस्रो पटक बैशाख ३ गतेसम्म लाई लकडाउन घोषणा गरेको थियो । यो अवधि सकिन लाग्दासम्म नेपालमा १६ जना कोरोना संक्रमित विरामी भेटिइसकेका छन् । आजमात्रै काठमाडौंको सनसिटी अपार्टमेन्टमा बस्ने २ जनामा कोरोना पुष्टि भएको छ। छिमेकी देश भारतले पनि आज मात्र लकडाउनको अवधि थप गरेको छ।

Translate »