गृहमन्त्री थापा वा पूर्व सभामुख नेम्वाङलाई प्रधानमन्त्री बनाऊँ : नेता बास्कोटा

स्काई न्यूज /बैशाख १६, सुर्खेत ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) भित्र प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर मानिने नेता युवराज बास्कोटाले गृहमन्त्री रामबहादुर थापा (बादल) लाई प्रधानमन्त्री बनाउनु पर्ने तर्क अघि सारेका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमा स्टामटस लेख्दै उनले गृहमन्त्री थापालाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरेका हुन् । उनले फेसबुक स्टाटसमा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ वा गृहमन्त्री थापा मध्ये एकलाई प्रधानमन्त्री बनाउनु पर्ने सम्मको तर्क अघि सारेका छन् ।

लामो समय भारत प्रवासमा अखिल (भारत) नेपाली स्वतन्त्र विद्यार्थी यूनियन हुँदै प्रवासी नेपाल संघमा काम गर्दे आएका नेता बास्कोटा हाल नेकपा प्रदेश नम्वर १, का प्रदेश कमिटी सदस्य हुन् । उनले सोमबार तीन स्टाटस लेख्दै नेतृत्व अर्को पुस्तामा हस्तान्त्ररणको कुरा मात्रै गरेका छैनन, स्थायी समिति बैठक बस्दा लकडाउनको बेला २५ जना भन्दा बढी भेला हुन नमिल्ने सरकारी निर्णय उल्लघंन हुने सम्मको तर्क गरेका छन् । उनले लेखेका छन, ‘साँच्चिकै अहिलेको राजनीतिक नेतृत्वको विकल्प खोजिएको हो भने सुवासचन्द्र नेम्वाङ वा रामबहादुर थापासहितको दोस्रो पुस्ताको नेतृत्वलाई सर्वसम्मत ढंगले अघि सारौं । अब क्रमसः पुस्ता हस्तान्त्ररण गर्दे आम युवा पुस्ता माझ नेपाली कम्युनिष्ट आन्दोलन र यसको भूमिकालाई एकताबद्ध सुदृढ र प्रभावकारी बनाऔं ।’

उनले नेतृत्व गृहमन्त्री थापा वा नेम्वाङलाई हस्तान्त्ररण नगर्ने हो भने नेकपाभित्र विवाद नगर्न सुझाव दिए । उलने लेखेका छन, ‘स्थापित नेतृत्व कमजोर पार्न नेकपा विरोधी शक्ति लागेको यो बेलामा हामी कसैले पनि अनावश्यक गलफदी नगरौं । एकले अर्कोलाई सम्मान गरौं । राजनीतिक संगठनलाई अवसरको जोड घटाउ मात्र होइन, राजनीतिक वैचारिक कामको मियो बनाऔं ।’


स्टाटसमा बास्कोटा लेख्छन् :
कुरा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको मात्र होइन, नेपाली कम्युनिष्ट आन्दोलनको जगमा उभिएका राजनीतिक व्यक्ति मध्ये आधा दर्जन जति प्रधानमन्त्री र झण्डै एक दर्जन उपप्रधानमन्त्री भईसक्नु भएको छ । जिम्मेवारीपूर्वक अघि बढेको यो नेतृत्वले राजनीतिक हैसियत सम्पूर्ण सेवा, सुविधा अवसर र प्रशस्तै लाभ लिईसकेको छ ।

भूमिका निर्वाह गर्ने क्रममा परीक्षित भईसक्नु भएको छ । राजनीतिक ईतिहासको यो समय र काल क्रममा नेता केपी शर्मा ओलाी भन्दा उम्दा अरु कोही देखि नसक्नु भएन । यसका वावजुद राजनीतिक वैचारिक हिसावले सवल, सुदृढ र गतिशील नेकपा निर्माणको प्रश्नमा कहिँकतै र कुनै अल्मल छैन र साँच्चिकै अहिलेको राजनीतिक नेतृत्वको विकल्प खोजिएको हो भने सुवासचन्द्र नेम्वाङ, रामबहादुर थापासहितको दोस्रो पुस्ताको नेतृत्वलाई सर्वसम्मत ढंगले अघि सारौं ।

अब क्रमशः पुस्ता हस्तान्त्ररण गर्दैै आम युवा पुस्ता माझ नेपाली कम्युनिष्ट आन्दोलन र यसको भूमिकालाई एकताबद्ध, सुदृढ र प्रभावकारी बनाऔं । नत्र, स्थापित नेतृत्व कमजोर पार्न नेकपा विरोधी शक्ति लागेको यो बेलामा हामी कसैले पनि अनावश्यक गलफदी नगरौं । एकले अर्कोलाई सम्मान गरौं । राजनीतिक संगठनलाई अवसरको जोड घटाउ मात्र होइन, राजनीतिक, वैचारिक कामको मियो बनाऔं ।’

Translate »