आन्तरिक कलह नेकपाका लागि खतरा : नेता बास्कोटा

स्काई न्यूज/ बैशाख १६, सुर्खेत ।
प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीविरुद्ध चाल्न खोजिएको राजनीतिक कदमले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)  भित्र खैलाबैला मच्चिएको छ । सरकार र पार्टी कमजोर हुने गरी गर्न खोजिएको हल्लाखल्लाले आम कार्यकर्तामा चाँसो र चिन्ता बढेको छ । पार्टीभित्र आन्तरिक विवाद बढ्दै गएपछि निरन्तर रुपमा केही नेता, कार्यकर्ताहरु खबरदारी अभियानमा जुटेका छन् । ‘भारत प्रवासमा लामो साँगठनिक जीवन विताएका नेता युवराज बासकोटाले स्काई न्यूजसँग भने, ‘नेकपाले प्राप्त गरेको जनमत राजनीतिक स्थायित्वका लागि हो ।’ उनले जनादेश निर्विकल्प नेतृत्वका लागि भएकाले यति बेला विकल्प खोजिनु उपयुक्त नभएको जनाए ।

उनका अनुसार अहिले नेतृत्वको विकल्प चाहर्ने विषयले राजनीतिक स्थायित्व र निर्विकल्प नेतृत्वलाई क्रियाशील तुल्याउँछ । ‘तीनवटै तहको निर्वाचन र यसको परिणाम संघीय संविधानको कार्यान्वयनका लागि हो,’ उनले भने, ‘निर्वाचन–नेपालको ऐतिहासिक संविधानसभा एवं संविधानसभामार्फत राजनीतिक घटनाक्रमको संस्थागत विकासका लागि हो । यद्यपि, यतिबेला हाम्रो ध्यान अर्कोतिर मोडिएको छ ।’ उनले दुई पार्टी मिलेर बनेको नेकपा पार्टी एकता निर्माण प्रक्रियामै रहेका बेला सिंगो नेतृत्वको विकल्प खोज्नु उपयुक्त नहुने धारणा राखें । उनका अनुसार तात्विकरुपमा हेर्दा राजनीतिक शक्तिहरु माझ सन्तुलनमा फेरबदल आएको छैन ।

‘यतिबेला नेतृत्वलाई फाल्न चाहने शक्तिले मौका पर्नासाथ भोली अर्काेलाई फाल्न सक्दैन् र ? उनले भने, ‘मानवीय हिसाबले वर्तमान नेतृत्वमा केही कमीकमजोरी रहेको भए यसलाई सच्च्याउन सक्नु पर्छ ।’ उनले गलत सोचले पार्टी कमजोर हुने भन्दै आन्तरिक कलह नै पार्टी एकताको लागि खतरा भएको दाबी गरे । ‘हामी स्वार्थी भयौं भने आफैंले आफैंलाई सिद्धाउछौँ’, उनले भने, ‘आफै भित्रको मैलो सफा गर्न ग¥यौ भने कसैले पनि परास्त गर्न सक्दैन ।’ उनले पार्टी एकता अघि नै देश भित्र बाहिर ठूलो शक्ति लागेको उल्लेख गर्दै सामान्य कुरामा विवाद गर्नु नहुनेमा जोड दिए ।

लामो समय भारत प्रवासमा अखिल (भारत) नेपाली स्वतन्त्र विद्यार्थी यूनियन हुँदै प्रवासी नेपाल संघको नेतृत्वमा रहँदै आएका नेता बास्कोटा हाल नेकपा प्रदेश नम्वर १, का प्रदेश कमिटी सदस्य हुन् । उनले आफ्नै कारण कम्युनिस्ट कमजोर हुने टिप्पणी गर्दै सबै कुरा छोडेर दुई ठूला शक्ति मिलेपछि बनेको नेकपाको राजनीतिक स्थिरता जोगाउनु सबैको दायित्व भएको जिकिर गरे । ‘महामारीविरुद्ध विश्वव्यापी जुधिरहेको मानव समुदाय अहिले अस्वस्थ अमर्यादित बचकाना बेमौसमी हरकतकाविरुद्ध छन,’ उनले भने, ‘पहिला महामारीसँग लडेर बचौं, तत्पश्चात् अरु गरौंला भनिरहेको अवस्थामा त्यसको ठीक उल्टो धारमा हिँड्ने पार्टी, सरकार र व्यक्तिलाई समय क्रममा निक्कै ठूलो सजाय दिने निश्चित छ ।’
नेता बास्कोटाका केही प्रश्नहरु :–
१. तात्विकरुपमा हेर्दा राजनीतिक शक्तिहरु माझ सन्तुलनमा फेरबदल आएको छैन । केही उथलपुथल भएको छैन । किन नेतृत्वको विकल्प खोज्नुपर्ने भयो ?
२. अहिले नेतृत्वको विकल्प चाहर्ने विषयले राजनीतिक स्थायित्व र निर्विकल्प नेतृत्वलाई क्रियाशील तुल्याउन सक्छ ?
३. आजको नेतृत्वलाई फाल्न चाहने शक्तिले मौका पर्नासाथ भोली अर्काेलाई फाल्न सक्दैन ?
४.नेकपाभित्रबाटै उपल्लो तहको र विगतमा परीक्षित भइसकेको नेतृत्वलाई फेरि दोस्रोपटक वा तेस्रोपटक प्रमको रुपमा अघि सार्दा अहिलेको रस्साकसीलाई आम मानिसले कसरी बुझ्छ ?
४.विद्यमान नेतृत्वको विकल्प कुन कारणले अर्को हुन सक्छ ? यसको अनिवार्यता के हो ?
५. अहिले पनि नेकपा निर्माणको चरणमा छ । एकता प्रक्रिया जारी छ । एकताको एउटा सिंगो नेतृत्व र व्यक्तित्वको विकल्प कसरी खोज्न वा सोच्न सकिन्छ ?
६. मानवीय हिसाबले केही कमीकमजोरी रहेको भए यसलाई सच्च्याउन सकिँदैन ?
७. नेतृत्वको विकल्प नै आजको एकमात्र र अनिवार्य शर्त भए ८÷९ हैसियतमा रहेका नरेन्द्र मोदीलाई भाजपाले अघि सारेजस्तो छ्वाङ्ग दोस्रो पुस्तामा झर्न सकिँदैन ?
होइन भने आधारभूत रुपमा एकीकृत नेकपा निर्माणको प्रश्न टुंगिएको छैन । बिचार र व्यवहारले हामी हजारौं कार्यकर्ता परस्पर घुलमिल हुन सकेका छैनौं । राजनीतिक बैचारिक हिसाबले सुदृढ बनेर एकताको महाधिवेशनमा जाने अवस्था विकास हुन सकेको छैन् । नेतृत्वको विकल्पमा बहस आरम्भ गरेर दुनियाँलाई हाँसो हुने विषय नेकपा नबनाउने कि !

Translate »