दैलेखका प्रमुख सीमाना सील
एम्बुलेन्समा एक कुरुवा मात्र बस्न पाईने

वैशाख २४, दैलेख ।
दैलेखका सीमानामा आवत–जावतलाई पूर्ण रुपमा निषेध (सिल) गरिएको छ । कोरोना भाइरसको संक्रमण फैलिन सक्ने जोखिमलाई रोक्नका लागि जिल्लाका सीमानामा आवत–जावतलाई पूर्ण रुपमा बन्द गरिएको हो । जिल्ला सुरक्षा समितिको बैठक बसेर नै उक्त निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयले सूचना सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको सूचना अनुसार जिल्लाका प्रमुख नाकाहरु, गुराँसे, राकम कर्णाली, सुयाडामा कडाई पारिने भएको हो ।

यस्तै एम्बुलेन्सलाई समेत कडाई पारिएको सहायक प्रमुख जिल्ल अधिकारी ईन्द्रबहादुर क्षेत्रीले जानकारी दिए । सीमानाहरुबाट आवत–जावत गर्ने एम्बुलेन्स एकजना कुरुवा मात्र राखेर सेवा सञ्चालन गर्नुपर्ने छ,’ उनले भने । एम्बुलेन्समा अन्य यात्रु राखेर ओसार-पोसार गर्ने कार्य गरिएको पाइए कानून बमोजिक कारबाही गरिने समेत क्षेत्रीले बताए ।