शिक्षक तथा कर्मचारीको डिजिटल आन्दोलन

जेठ १३,सुर्खेत ।
मुलुकभरका शिक्षक तथा विद्यालय कर्मचारीले आइतवारबाट डिजिटल आन्दोलन शुरू गरेका छन् । एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन केन्द्रीय समितिको आयोजनामा आन्दोलन शुरू भएको हो । सङ्घीय सरकारले यही जेठ १५ गते ल्याउँदै गरेको आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट तथा कार्यक्रमअन्तर्गत शिक्षा क्षेत्रमा २० प्रतिशत बजेट विनियोजन तथा सङ्घीय शिक्षा ऐन जारी गर्न दबाब दिन आन्दोलन शुरु गरिएको सङ्गठनका केन्द्रीय अध्यक्ष शङ्कर अधिकारीले जानकारी दिए ।

लकडाउनको अवधिमा भेला हुन नमिल्ने भएकाले प्रविधिको सहयोग लिएर सामाजिक सञ्जालबाट सङ्घीय सरकारलाई शिक्षकका मामलामा गम्भीर बनाउन डिजिटल आन्दोलन शुरू गरिएको उनले बताए । ‘मुलुकमा ३६ हजार बाल विकासका शिक्षक र ३२ हजार विद्यालय कर्मचारी अहिले पनि न्यून परिश्रममा बाँच्न बाध्य छन् ।

Translate »