गौरीफन्टा नाकाबाट दुई सातामा ४४ हजार बढी भित्रिए

स्काई न्यूज/ जेठ १९, कैलाली ।
कैलालीको नेपाल–भारत सिमानाका गौरीफन्टाबाट पछिल्लो दुई साताको अवधिमा ४४ हजार भन्दा बढी नेपाली भित्रिएका छन् । भारतमा रोजगारी गर्ने करिव ४४ हजार २ सय नेपाली गौरीफन्टा नाकाबाट कैलाली भित्रिएको स्थानीय प्रशासनले जनाएको छ । उनीहरुलाई सिमामक्षेत्रमा ज्वरोमापन देखि सामान्य स्वास्थ्य परिक्षण गरी नेपाल भित्र्याउने गरिएको छ । नेपाल भित्रिएकाहरुलाई स्थानीय तहको समन्वयमा सम्बन्धित जिल्लामा पठाइने गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी एवं जिल्ला संकट ब्यवस्थापन समितिका सदस्य–सचिव शिवराज जोशीले बताए । नेपाल प्रवेश गर्नेहरुको संख्या दिनहु बढ्दै जाँदा व्यवस्थापनामा समस्या हुने गरेको उनले जनाए । यसैबीच, १ हजार ५ सय भारतीय नागरिकलाई धनगढीबाट गौरीफन्टा नाका हुदै भारतमा पठाइएको छ । सिमावर्ती जिल्लाका सुरक्षा अधिकारीको समन्वयमा उनीहरुलाई भारत पठाइएको उनले जानकारी दिए । सरकारले भारतमा रहेका नेपालीहरुलाई कैलालीको गौरीफन्टा नाका र कंचनपुरको गड्डाचौकी नाकाबाट प्रवेश गर्न अनुमति दिएको छ ।

Translate »