२०८३ साउन २४ , आइतबार
Sky News Nepal
August 10, 2026

सुर्खेतमा छिमेकीबाटै चार वर्षिया बालिका बलात्कृत आरोप



 

स्काई न्यूज/ जेठ २०, सुर्खेत ।
कोरोना भाइरसका कारण सुरक्षाकर्मीले लकडाउनमा ध्यान केन्द्रित गरेका बेला सुर्खेतमा ४ वर्षिया बालिका बलात्कृत भएको आरोप लागेको छ । । घटना विहीबार भेरीगंगा नगरपालिका–४, मदानेचौरको हो । छिकेकी राज विकसँगै खजुरी खान गएकी ती बालिका साँझसम्म घर नफर्केपछि उनको खोजी कार्य शुरु भएको थियो । ‘बालिका हराएको खबर ईलाका प्रहरी कार्यालय छिन्चुमा आईपुगेपछि खोजी कार्य शुरु गरेका हौं,’ प्रहरी निरीक्षक माधव चौधरीले भने, ‘राती ८ बजेदेखि खोजी कार्य शुरु गर्दे जाँदा डेढ बजे बालिकालाई घर नजिकैको गोठमा फेला पारेका हौं ।’ उनले बालिकाको बयानकै आधारमा उनका अभिभावकले छिमेकीबाटै बलात्कृत भएको जाहेरी दिएपछि २५ वर्षिय राज विकलाई नियन्त्रणमा लिएको जनाए । उनका अनुसार नियन्त्रणमा लिएका ओरोपीलाई जिल्ला अदालत सुर्खेतबाट म्याद थप भई घटना बारे विस्तृत अनुसन्धान भइरहेको छ । यता पीडित परिवारका अनुसार छिमेकी राज विकले ललाई फकाई खजुरी खान जाने बहानामा बालिकालाई गोठमा लगेर बलात्कार गरेको आरोप छ । परिवारले ईलाका प्रहरी कार्यालय छिन्चुमा ती युवकमाथि जवरजस्ती करणाीको जाहेरी दिएका छन् ।

प्रकाशित मिति : २०७७ जेठ २० गते मंगलबार
Translate »