सुर्खेतमा सिक्री उद्योग सञ्चालन

स्काई न्यूज /असार २०, सुर्खेत ।
सुर्खेतको वीरेन्द्रनगरमा आधुनिक डिजाइनका सिक्री निर्माण गर्न उद्योग स्थापना गरिएको छ । करीब रू. ७ लाख लगानीमा उक्त उद्योग सञ्चालनमा आएको हो । सुनचाँदी व्यवसायी सुरेन्द्र बराईलीले असुडी ज्वेलर्स सञ्चालनमा ल्याएका हुन् । सञ्चालक बराईलीले आधुनिक डिजाइनका सिक्री, अर्डर गरेको केही घण्टामै उपलब्ध गराउन सकिने बताए । सुनचाँदी व्यवसायी संघ, सुर्खेतका सदस्य समेत रहेका बराईलीले कमलचेन, हारमा लगाउने पट्टा चयन र आधुनिक डिजाइनका नयाँ–नयाँ सिक्री उत्पादन गरिने जानकारी दिए । उद्योगमा ३ जनाले रोजगारी पाउने सञ्चालक बराइलीको भनाइ छ ।

Translate »