साइकाल यात्रामा रमाउने देवी दाइ !

मोरङको पूर्वोत्तर क्षेत्र विभिन्न बेलामा विभिन्न ढंगले चर्चामा रहँदै आएको छ । स्थापित जनगायक जेबी टुहुरेले एउटा पृथक परिवेशका साथ चिनाइदिनुभएको साविकको मधुमल्ला केन्द्रित मिक्लाजुङ गाउँपालिका प्राकृतिक वस्तुको प्रयोग र उत्पादनको विविधतासँग परिचित छ । यहीँ गाउँपालिकाका अध्यक्ष हुनुहुन्छ– देवीप्रसाद आचार्य ।
कोभिड १९ को संक्रमण फैलिँदै जाँदा संक्रमितको उपचार व्यवस्थापन गर्न र रोग नियन्त्रणका लागि अध्यक्ष आचार्य –६५, उपाध्यक्ष सरला राईं –४४ सहितको स्थानीय पंक्ति यतिबेला अहोरात्रकाल मैदानमा छ ।
साधनस्रोतको अभाव व्यवस्थापन गर्न हम्बेहम्बे भएको बेला स्थानीय सरकार प्रमुख, उपप्रमुखका हैसियले प्राप्त गाडी र अन्य सुविधालाई नागरिकको सेवामा समर्पित गरेर आफूहरू जस्तोसुकै कठिनाई उठाउन पनि तत्पर देखिनुहुन्छ– अध्यक्ष आचार्य र उपाध्यक्ष राई ।
आफ्नो क्षेत्रमा मानवीय क्षति हुन नदिन अधिकतम् प्रयास गर्नुभएको, पालिकाभरि कोभिड संक्रमणको अवस्था बुझ्ने गर्नुभएको, पालिकाभित्र धेरैपहिल्यै सञ्चालनमा आएको कोभिड अस्पतालमा उपचाररत संक्रमितहरूलाई स्वस्थकर जीवन दिनका लागि परस्पर उर्जा र उत्साह भर्न पाएकोमा विकास–निर्माणका काममा पुग्नु पर्दा प्राप्त गाडी छाडेर अट्टोमार्फत व्यस्त दिनचर्यामा रहनुहुने उपाध्यक्ष राई आफूलाई निकै भाग्यमानी ठान्नुहुन्छ ।
हामीहरू त निमित्त मात्र हौं, यो नागरिकको सम्पत्ति, यस्तो विपद् समयमा नागरिकका लागि सुम्पेका छौं, झण्डै १७–१८ दिन भयो, दुबै गाडीहरू नागरिकको सेवामा आइरहेको दृश्य आँखैअघि देखेर हामीलाई खुशी लाग्छ– टेलिफोनमा अध्यक्ष आचार्य भन्नुहुन्छ ।
निकै लामो समयदेखि प्राप्त गाडीलाई नागरिक–सेवामा समर्पित गर्नुभएका अध्यक्ष आचार्य हिजोआज दिनहुँजसो साइकल यात्रामा रमाउन थाल्नुभएको छ । राज्यले उपलब्ध गराएको सामाजिक सुरक्षाभत्ता लिएर बस्ने उमेर समुह नजिकै हुँदै गर्दा पनि एकदमै परिपक्व ठिटोपनका साथ एकदमै जवान र तरूणतन्नेरी भएर हिरो कम्पनीको साइकलमार्फत पालिका क्षेत्रको अधिकांश भू–क्षेत्रअन्तर्गत सेवामा समर्पित उहाँको दिनचर्याबाट मानिसहरू लोभिएका छन् । यसबाट इच्छाशक्ति भए उमेरले छेकबार लगाउँदैन रहेछ भन्ने सन्देश सम्प्रेषण भएको छ ।
तपाईं दुबैले कही गनुभएको छ र पो यो लेख्न पाइएको छ, सार्वजनिक ढंगले यति बोल्न पाइएको छ । ‘सूर्य’ चिन्हमा परेको जनताको जनअभिमत सम्मानित भएको छ ।
मानवीय कर्ममा समर्पित यस्ता मनकारी जनप्रतिनिधिद्वय अध्यक्ष आचार्य र उपाध्यक्ष राईप्रति यो लेखकको आफ्नो तर्फबाट सगर्व नमन र हार्दिक सलाम !

–युवराज बास्कोटाको फेसबुक वालबाट

Translate »