ग्रस्तास्त खण्डग्रास सूर्यग्रहण : तुला राशिसहित यी राशिले हेर्नै नहुने

कात्तिक ८, काठमाडौं । कात्तिक कृष्ण औँसीका दिन आज ग्रस्तास्त खण्डग्रास सूर्यग्रहण लाग्दै छ । ग्रहण मंगलवार दिउँसो ४ बजेर ५३ मिनेटमा स्पर्श भइ ५ बजेर २६ मिनेटमा अन्त्य हुने ज्योतिषीहरूले बताएका छन् ।

खण्डग्रास सूर्यग्रहण नेपालको पूर्वी भेग भन्दा पश्चिमी क्षेत्रबाट राम्रोसँग देखिने खगोलविद् एवं वाल्मीकि विद्यापीठका सहप्राध्यापक डा.जयन्त आचार्यले बताए ।उनले यो सूर्यग्रहण नेपालमा भन्दा युरोपबाट राम्रोसँग देखिने बताए । ग्रहण जम्मा ३३ मिनेटको रहेकाले ग्रहण शुरु हुनुभन्दा ४ घण्टा अघिबाट खानेकुरा खान छोड्नुपर्ने उनले बताए ।

ग्रहण वृष, सिंह, धनु, मकर राशीलाई राम्रो रहेको उनको भनाइ छ । वृष राशिका मानिसले आजको ग्रहण हेर्दा सुख प्राप्ती हुने, सिंहलाई धन लाभ, धनु राशिलाई लाभ र मकर राशिलाई सुख प्राप्ति हुने योग रहेको उनले उल्लेख गरे ।

खगोलविद् डा.आचार्यले मेष राशिलाई स्त्री पीडा, मिथुन राशिलाई चिन्ता, कर्कट राशिलाई व्यथा, कन्या राशिलाई क्षति, तुला राशिको लागि घात, वृश्चिकलाई धन क्षय, कुम्भ राशीलाई मान, इज्जत जाने र मीन राशिलाई कष्ट हुने उनले बताए ।

उनले भने, ‘सूर्य ग्रहण साँझ ४ः५३ मा शुरु भएर ५ः२६ बजे समाप्त हुँदैछ । यो ग्रहण वृष, सिंह, धनु, मकर राशीलाई राम्रो छ । अरु राशि भएकाले हेर्नु हुँदैन । धर्मशास्त्रलाई मान्ने हो भने सुतक १२ घण्टा अघिबाट खानु हुँदैन ।’

तर, छोटो समयको लागि सानो ग्रहण भएकाले मध्यान्हकालदेखि खाना निषेध गरिएको र सूर्यास्त भइसकेपछि खान सकिने उनले बताए । स्नान भने शुरु हुँदा, मध्यान्ह र अन्त्यमा गर्दा राम्रो हुने उनको भनाई छ ।

उनले अगाडि भने मेष राशिलाई स्त्री पीडा, मिथुन राशिलाई चिन्ता, कर्कट राशिलाई व्यथा, कन्या राशिलाई क्षति हुन्छ । तुला राशिको लाग घात भनेको मृत्यु नै हुनसक्छ । यो ग्रहण तुला राशिमा लाग्ने भएकाले तुला रािशका मानिसलाई हेर्नै हुँदैन’

वृश्चिकलाई धन क्षय, कुम्भ राशीलाई मान, इज्जत जाने भनिएको छ,मीन राशिलाई कष्ट हुन्छ भनिएको छ । त्यस्तै वृष राशिका मानिसले हेर्दा सुख, सिंहलाई धन लाभ, धनु राशिलाई लाभ र मकर राशिलाई सुख प्राप्ति हुनेछ ।

खगोल शास्त्रको अध्ययन नेपालमा एकेडेमिक स्तरमा पुगिसकेको छैन । जनमानसमा सुसुचित गर्ने काम भइरहेको छ । अहिले टेलिस्कोपहरु धेरै भित्रिँदै छन् । अब खगोल विज्ञानको अध्ययन गर्न चाहिने टेलिस्कोप नै हो । त्यसैले बिस्तारै भित्रिँदै गरेकाले अन्तरराष्ट्रिय स्तरमा पनि यसको अध्ययन बढ्दै जाने उनले बताए । आर्थिक अभियान

Translate »