२०८३ असोज १५ , बिहीबार
Sky News Nepal
October 1, 2026

सालकोटमा तीज विशेष कार्यक्रम



सुर्खेत । लायन्स क्लब अफ सुर्खेत बुलबुले तथा लायन्स क्लब अफ सुर्खेत भैरबस्थानको सयुक्त आयोजनामा पन्चपुरी नगरपालिकाको शिवधाममा तीज विशेष कार्यक्रम गरिएको छ ।

लायनस क्लब अफ सुर्खेत बुलबुलेका अध्यक्ष तिलकराम अधिकारीको अध्यक्षता तथा पञ्चपुरी नगरपालिकाकि उप–प्रमुख मुक्ति रेग्मी (पुरी) को प्रमुख आथित्यततामा भएको कार्यक्रममा मौलिक कला सांस्कृतिकको संरक्षण गर्न वर्तमान परिप्रेक्ष अत्यन्त जरुरी रहेको औल्याईएको थियो ।

कार्यक्रममा पञ्चपुरी नगरपालिकामा कार्यरत महिला कर्मचारीहरु, प्राथमिक स्वास्थ्य केन्द्र सालकोटमा कार्यरत स्वास्थ्यकर्मीहरु सुर्य प्रकाश मावि पलैटेमा कार्यरत शिक्षिकाहरु, महायोग परिबारका सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।

परम्परागत तीजका गितहरु सभ्य तरिकाले गायर भएको उक्त विशेष तीज कार्यक्रममा उपस्थित भएका सहभागिहरुलाई भोज खुवाउने कार्यमा जगतगुरु महायोगि सिद्दबाबा आश्रमले गरेको बुलबुलेका अध्यक्ष अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति : २०८० भदौ २७ गते बुधबार
Translate »