२०८३ भदौ ८ , सोमबार
Sky News Nepal
August 24, 2026

भारतमा लोकसभा चुनावको पहिलो चरणको मतदान शुरु, झण्डै १ अर्ब मानिसले मतदान गर्ने



एजेन्सी । भारतमा लोकसभा चुनावको पहिलो चरणको मतदान शुक्रवार बिहान ७ बजेबाट शुरू भएको छ । सात चरणमा हुने निर्वाचनअन्तर्गत पहिलो चरणमा १०२ सिटका लागि मतदान भइरहेको छ ।

जुन १ सम्म चल्ने भोटिङका लागि झण्डै १ अर्ब मानिसले मतदान गर्ने छन् । यो निर्वाचनलाई विश्वकै सबैभन्दा ठूलो निर्वाचन भनिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो कार्यकालका लागि निर्वाचित हुने लक्ष्य राखेका छन् ।

मोदीलाई चुनौती दिन झण्डै दुई दर्जन विपक्षी दलहरुको गठबन्धन बनाएका छन् । निर्वाचनको अन्तिम नतिजा असार ४ गते सार्वजनिक हुनेछ ।

प्रकाशित मिति : २०८१ वैशाख ७ गते शुक्रबार
Translate »