२०८३ असोज २३ , शुक्रबार
Sky News Nepal
October 9, 2026

सशस्त्र प्रहरीका एआईजी दाहाल बर्खास्त



 

काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाउने निर्णय गरेको छ।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेद्वारा जारी विज्ञप्तिअनुसार आचरणसम्बन्धी नियम बारम्बार उल्लङ्घन गरेको, अनुशासनहीन कार्य गरेको र संस्थाको छविमा आँच पुर्‍याएको कसुरमा दाहाललाई २०८३ असोज २३ गतेदेखि लागू हुने गरी सेवाबाट हटाइएको हो ।

संवेदनशील सूचना चुहावट गरेको आरोपमा सरकारले दाहाललाई असोज १९ गते पदबाट निलम्बन गरी घटनाबारे जाँचबुझ गर्न समिति गठन गरेको थियो ।

प्रकाशित मिति : २०८३ असोज २३ गते शुक्रबार
Translate »