२०८३ असोज २३ , शुक्रबार
Sky News Nepal
October 9, 2026

धर्म प्रचार गर्ने २४ जना कोरियन नागरिक पक्राउ



काठमाडौं । दक्षिण कोरियाबाट पर्यटक भिसामा नेपाल आएर धर्म प्रचार गर्दै हिँड्ने एक समूहलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा २४ जना कोरियन नागरिकको समूह रहेको प्रहरीले जनाएको छ । शुक्रबार सुन्दरहरैँचा नगरपालिका–७ मालती मार्गमा नेपाल न्यू कोभेनन्ट कलेजमा आयोजित धार्मिक प्रशिक्षणमा सहभागी भएका बेला उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेकाहरूलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि काठमाडौंस्थित अध्यागमन विभाग पठाउने तयारी गरिएको छ । पर्यटक भिसाको दुरुपयोग गरी धर्म प्रचारमा संग्लग्न हुनेहरुलाई अध्यागमन विभागले कारबाही गर्नेछ ।

प्रकाशित मिति : २०८३ असोज २३ गते शुक्रबार
Translate »