दुबईकी राजकुमारीले सामाजिक सञ्जालमार्फत् श्रीमानसँग गरिन् सम्बन्ध विच्छेद
एजेन्सी । दुबईकी राजकुमारी शेखा माहरा बिन्त मोहम्मद बिन राशिद अल मकतूमले सामाजिक सञ्जालमार्फत् श्रीमान्सँग सम्बन्ध विच्छेद गरेकी छिन् ।
दुबईका प्रधानमन्त्री, उपराष्ट्रपति एवं शासक शेह मोहम्मद बिन राशिद अल मकतूमकी छोरी शेखा माहरालाई इन्स्टाग्राम पोस्टमार्फत् श्रीमान्सँग सम्बन्ध विच्छेद गरेको विषय यतिबेला निकै चर्चामा आएको छ ।
उनको एक वर्ष अघि दुबईका व्यवसायी शेख माना बिन मोहम्मद बिन राशिद बिन माना अल मकतूमसँग भएको थियो । उनको एउटी छोरी छिन् ।
राजकुमारी शेखा माहराले इन्स्टाग्राम पोस्टमा लेखेकी छिन्, ‘प्रिय पति, तपाईं अरुसँग नै हुनुहुन्छ। त्यसकारण म आफ्नो सम्बन्ध विच्छेदको घोषणा गर्दछु । म तपाईंसँग सम्बन्ध विच्छेदको घोषणा गर्दछु र म तपाईंसँग सम्बन्ध विच्छेदको घोषणा गर्दछु । तपाईं आफ्नो ख्याल राख्नुहोला । तपाईंकी पूर्व पत्नी ।’
२९ वर्षीया राजकुमार शेखा माहिराको उक्त पोस्ट निकै भाइरल बनेको छ भने उनको यस कदमलाई निकै साहसिक मानिँदैछ ।
सामाजिक कार्यमा व्यस्त रहने गरेकी राजकुमारी माहिरा महिला शसक्तिकरणका लागि वकालत पनि गर्दै आएकी छिन् । उनले स्थानीय फेशन डिजाइनरहरूलाई पनि समर्थन गर्ने गर्छिन् ।