२०८३ असोज २७ , मंगलबार
Sky News Nepal
October 13, 2026

सिङ्गापुर विश्वकै सबैभन्दा शक्तिशाली पासपोर्ट भएको मुलुक, जानौं नेपालको अवस्था



काठमाडौं । सिङ्गापुर विश्वकै सबैभन्दा शक्तिशाली पासपोर्ट भएको मुलुक बनेको छ । हेनले पासपोर्ट इन्डेक्सले सन् २०२४ को लागि जारी गरेको पासपोर्टको वरियतामा सिङ्गापुरले फ्रान्सलाई उछिन्दै विश्वकै सबैभन्दा शक्तिशाली मुलुक बनेको हो। सिङ्गापुरका नागरिकले अब विश्वका १९५ मुलुकमा बिना भिसा नै यात्रा गर्न पाउने छन् ।

गत जनवरीमा हेनलेले सार्वजनिक गरेको विश्वकै सबैभन्दा शक्तिशाली पासपोर्ट भएको मुलुकमा फ्रान्स सबैभन्दा शक्तिशाली मुलुक थियो । रिपोर्ट अनुसार फ्रान्स अहिले भने विश्वकै दोस्रो सबैभन्दा शक्तिशाली पासपोर्ट भएको मुलुक बनेको छ । सबैभन्दा शक्तिशाली पासपोर्ट बनेको छ । जसका नागरिक विश्वका १९२ मुलुक भिसा बिनै आवतजावत गर्न सक्ने छन् ।

यस्तै रिपोर्टमा फ्रान्ससहित जर्मनी, इटली, जापान र स्पेन पनि दोस्रो स्थानमा छ । यी देशका नागरिकले पनि विश्वका १९२ मुलुकमा भिसा बिनै आवतजावत गर्न पाउने छन् ।

यस्तै पासपोर्ट वरियतामा नेपालको स्थान भने सुधे्रको छ । गत जनवरीको रिपोर्टमा १०३ औँ स्थानमा रहेको नेपाल ९८ औं स्थानमा परेको छ । नेपाली नागरिकले विश्वका ३९ मुलुक भिसा बिनै आवतजावत गर्न पाउने छन् ।

सबैभन्दा कमजोर मुलुकमा अफगानिस्तानको स्थान यथावत रहेको छ । अफगानिस्तान १०३ औं स्थानमा रहेको छ । यहाँका नागरिक २६ मुलुकमा भिसा बिनै आवतजावत गर्न पाउने छन् ।

अमेरिका ८ औं स्थानमा रहेको छ भने भारत ८२ औं स्थानमा रहेको छ ।

प्रकाशित मिति : २०८१ साउन ११ गते शुक्रबार
Translate »