एमालेले तोक्यो सात प्रदेशका इन्चार्ज

काठमाडौं । नेकपा एमालेले सातै प्रदेशमा नयाँ ईन्चार्ज तोकेको छ ।

बिहीबार बसेको सचिवालय बैठकले सात वटै प्रदेशमा ईन्चार्ज तोकिएको महासचिव शंकर पोखरेलले जानकारी दिएका छन् ।


बैठकले कोशीमा शेरधन राई, मधेशमा लीलानाथ श्रेष्ठ, बागमतीमा डाक्टर राजन भट्टराई, गण्डकीमा किरण गुरुङ, लुम्बिनीमा पद्मा अर्याल, कर्णालीमा गोरखबहादुर बोगटी र सुदूरपश्चिम प्रदेशमा लेखराज भट्ट तोकेको उनले जानकारी दिए ।

यसैगरी एमालेले केन्द्रीय सदस्यमा १७ जनालाई मनोनित गरेको छ । बैठकले गुरु बराललाई उपाध्यक्षमा मनोनित गरेको छ । सुवासचन्द्र नेवाङ्गको निधनपछि रिक्त उपाध्यक्ष पदमा बराललाई मनोनित गर्ने निर्णय पार्टीको सचिवालय बैठकले गरेको हो ।

त्यस्तै बैठकले नेता मुकुन्द न्यौपाने र लीलानाथ श्रेष्ठलाई स्थायी कमिटी सदस्यमा नियुक्त गरेको महासचिव पोखरेलले बताए ।

Translate »