जाजरकोटमा बोलेरो जीप दुर्घटना हुँदा १५ जना घाइते


जाजरकोट । यात्रु सवार बोलेरो जीप दुर्घटना हुँदा जाजरकोटमा १५ जना घाइते भएका छन् ।
जाजरकोटको खलङ्गादेखि भेरी नगरपालिका–६, नेटाबजार जाँदै गरेको ग १ ज– ७७११ नम्बरको जीप आज वडा नम्बर–६ भेरेमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेर १५ जना यात्रु घाइते हुनुका साथै ती मध्ये ३ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायव उपरीक्षक पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिए ।
घाइतेहरुको उद्दार गरी जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

