कर्णालीमा नागपञ्चमीका दिन सार्वजनिक बिदा

सुर्खेत । कर्णाली प्रदेश सरकारले नाग पञ्चमीमा सार्वजनिक बिदा दिने भएको छ ।

साउन २५ गते शुक्ल पञ्चमी (श्रावण शुक्ल पञ्चमी) को अवसरमा प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

प्रदेश सरकारको गत बैशाख १७ गते बसेको मन्त्रिपरिषद् बैठकले नाग पञ्चमीमा सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता एवम् उपसचिव उत्तम गौतमले जानकारी दिए ।

Translate »