कर्णाली प्रदेश योजना आयोगका पदाधिकारीले लिए शपथ

सुर्खेत । कर्णाली प्रदेश योजना आयोगका पदाधिकारीले पद तथा गोपनियताको शपथ लिएका छन् ।

प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा आयोगका उपाध्यक्ष सूर्यनाथ योगीलाई पद तथा गोपनियताको शपथ गराएका हुन् ।

त्यसपछि उपाध्यक्ष योगीले सदस्यद्वय अशोकनाथ योगी र डम्बरबहादुर रावललाई शपथ गराएका थिए । प्रदेश सरकारको बुधबार बसेको बैठकले आयोगका पदाधिकारी नियुक्त गरेको हो ।


कर्णाली प्रदेश योजना आयोग (गठन तथा कार्य सञ्चालन आदेश) २०७५ बमोजिम आयोगमा मुख्यमन्त्री अध्यक्ष, प्रदेश सरकारबाट नियुक्त एक जना विज्ञ उपाध्यक्ष, प्रदेश सरकारबाट नियुक्त बढीमा दुई जना विज्ञ सदस्य, प्रमुख सचिव सदस्य र आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव सदस्य–सचिव रहने प्रावधान छ ।

आयोगको उपाध्यक्ष सूर्यनाथ योगी सुर्खेतको वीरेन्द्रनगर–४, का स्थायी बासिन्दा हुन भने मुगुको छायाँनाथ रारा नगरपालिका–५ का डम्मरबहादुर रावल र रास्कोट नगरपालिका–३ कालिकोटका अशोकनाथ योगी सदस्य हुन् ।

Translate »