बंगालादेशका प्रदर्शनकारीले भत्काए ‘भारतीय स्मारक’

काठमाडौं । बंगलादेशमा प्रदर्शनकारीहरूले सन् १९७१ युद्धसँग सम्बन्धित राष्ट्रिय स्मारक भत्काएका छन् । मुजिबनगरमा अवस्थित यो स्मारक भारत–मुक्तिवाहिनी सेनाको विजय र पाकिस्तानी सेनाको पराजयको प्रतीक थियो ।

१६ डिसेम्बर १९७१ मा पाकिस्तानका लेफ्टिनेन्ट जनरल एएके नियाजीले हजारौं सैनिकसहित भारतीय सेनासमक्ष आत्मसमर्पण गरेका थिए ।

उनले भारतीय सेनाका अफिसर कमाण्डिङ–इन–चीफ लेफ्टिनेन्ट जनरल जगजीत सिंह अरोराको अगाडि कागजातमा हस्ताक्षर गरे । उनको छवि यस स्मारकमा चित्रण गरिएको थियो ।

तर, सो स्मारक भत्काएको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

Translate »