सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै
धनगढी । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिने तयारी गरेका छन् ।
आज बस्ने प्रदेश सभा बैठकमा उनले विश्वासको मत लिने तयारी गरेका हुन् । विश्वासको मतका लागि उनले सोमवार नै प्रदेश सभामा पत्र पठाएका थिए ।
नेकपा एमाले, काँग्रेस र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा साउन २६ गते शाह मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । ५३ सदस्यीय प्रदेश सभा रहेको यहाँ बहुमतको सरकार निर्माणको लागि २७ सिट सङ्ख्या आवश्यक पर्छ ।
यहाँ कांग्रेसका १८, माओवादी र एमालेका ११–११, नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ४, एक जना राप्रपा र एक जना स्वतन्त्र सांसद छन् ।
जसमध्ये मुख्यमन्त्री शाहको पक्षमा कांग्रेसका १८, एमालेका ११ र नाउपाका ७ जनाले मत दिने देखिएको छ ।