एमाले लुम्बिनी प्रदेश संसदीय दलको नेतामा मुख्यमन्त्री आचार्य

नेतामा भोजप्रसाद श्रेष्ठ र प्रमुख सचेतकमा तुलसी चौधरी

बुटवल ।  नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलको नेतामा मुख्यमन्त्री चेतनारायण आचार्य चयन भएका छन् । साउन ७ गते संसदीय दलका नेताबाट लिला गिरीले राजिनामा दिएपछि आज पहिलो पटक एमाले लुम्बिनी प्रदेश संसदीय दलको बैठक बसेको हो ।

बुटवलमा बसेको संसदीय दलको बैठकले मुख्यमन्त्री आचार्यलाई दलको नेतामा चयन गरेको छ । नेकपा एमाले लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले दलका नेता तथा पूर्व मुख्यमन्त्री लिला गिरीले दिएको राजीनामा स्वीकृत भएको जानकारी गराएपछि मुख्यमन्त्री आचार्यलाई दलको नेतामा चयन गरिएको हो ।

त्यस्तै उपनेतामा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ चयन भएका छन् । दलको नेतालाई रोकेर उपनेता आचार्यलाई पार्टीले मुख्यमन्त्रीमा अघि सारेपछि नेता गिरीले पदबाट राजीनामा दिएका थिए ।


संसदीय दलको बैठकले दलको प्रमुख सचेतकमा रुपन्देहीका तुलसी चौधरी र सचेतकमा रोल्पाकी यमुना रोकालाई चयन गरेको छ । महत्वपूर्ण बैठकमा दलका नेता तथा पूर्व मुख्यमन्त्री लिला गिरीको  भने उपस्थिति थियन ।

८७ सदस्यी प्रदेश सभामा एमालेबाट २९ सांसद रहेका छन् । शनिबारको बैठकमा यसअघि दलको नेता रहेका लिला गिरी भने उपस्थित थिएनन् । एमालेका २९ र कांग्रेसका २७ गरी ५६ जनाको समर्थनमा एमाले संसदीय दलका उपनेता आचार्य साउन ७ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।

मुख्यमन्त्री आचार्यले मंगलबार विश्वासको मत लिने तयारी गरेका छन् । विश्वासको मत प्रयोजनका लागि प्रदेशसभाको बैठक आहृवान भैसकेको छ । विश्वासको मतअघि नै दलको नेता र प्रमुख सचेतकको टुंगो लगाएर दलको तर्फबाट विश्वासको मतका लागि हृवीप जारी गर्नुपर्ने अवस्था रहेकाले एमालेले शनिबार यसको छिनोफानो गरेको हो ।

Translate »