२०८३ असोज ३० , शुक्रबार
Sky News Nepal
October 16, 2026

पहिरोले भूकम्प पीडितको अस्थायी टहरा पुरिँदा ३ जनाको मृत्यु



जाजरकोट । जाजरकोटमा भूकम्प पीडितको अस्थायी टहरा पहिरोले पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

गएराति पहिरोले पुरिएर नलगाड नगरपालिका–२ माझगाँउका बर्ष ४२ का लाल बहादुर परियार, उनकी श्रीमती ३४ बर्षकी म निशा परियार र २ वर्षको छोरा शिभम परियारको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार राति पहिरो गएकाले उनीहरूको शव स्थानीय र प्रहरीले  निकालेका थिए ।

 

प्रकाशित मिति : २०८१ भदौ ३ गते सोमबार
Translate »