पहाडमा पनि राखी पर्व धुमधामले मनाइयो
सुर्खेत । नेपालको तराई मधेशमा मनाइने राखी पर्व पहाडी जिल्लामा पनि मनाउन थालिएको छ ।
जनै पुर्णिामा तथा रक्षा बन्धनको दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधिदिएर मनाइने यो पर्व खासगरी तराइ मधेसको विशेष पर्व हो । तर पछिल्ला केही बर्ष देखि पहाडी जिल्ला सुर्खेत आसपासका जिल्लाहरुमा पनि धुमधामका साथ मनाइने गरिएको छ । दिदीबहिनी र दाजुभाइ बीच माया प्रेम थप प्रगाढ हुने सामाजिक मान्यता यश पर्बमा छ ।
रक्षा बन्धको दिन र अघिल्लै दिनदेखि सुर्खेत सदरमुकाम वीरेन्द्नगर बजारमा राखी किनमेलका साथै मिठाई पसलमा किनमेलको भिड लागेको थियो । राखी बाधेर दिदी बहिनीले दाजुभाइलाइ मिठाई दिने चलन पहाडी समुदायमा समेत पछिल्लो समय व्यापक छ । सोही अनुसार मिठाई र राखीको ब्यापार समेत बढेको व्यावसायीहरु बताउँछन् ।
राखी सङ्गै श्रावण शुक्ल पूर्णिमाका दिन वैदिक सनातन धर्मावलम्बीले सुर्खेतको देउती बज्यै, शिव मन्दिर, कालिमन्दिर लगायतका लगायत जनै तथा रक्षा बन्धन बाध्यनेको भिड लागेको थियो । यसका साथै नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र पुरुषहरुले बाधेका छ्न ।
मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरुले यजमानको दाहिने नाडीमा बाँधिदिने चलन रहेको ब्राह्मणहरुले बताएका छ्न ।