दुर्गमकी डाक्टर भनेर चिनिएकी सरोजा ‘ह्युमान हर्मोनी’ अवार्डबाट सम्मानित

मुगु । लामो समय दुर्गम जिल्ला मुगुमा बसेर स्वास्थ्य क्षेत्रमा योगदान दिएकी सरोजा बुढथापालाइ ‘ह्युमान हर्मोनी’ अवार्डबाट सम्मानित गरिएको छ ।

बुढथापालाइ दुर्गम जिल्लामा बसेर कैयौँ कठिनाइका बावजुत आमामा तथा नवजात शिशुको ज्यान जोगाएर योगदान दिएको भन्दै मानव सद्भाव नेपालले सम्मानित गरेको हो ।

महिला बालबालिका तथा जेष्टनागरिक मन्त्री नवल किशोर शाहले सोमबार एक कार्यक्रमका बिच सामाजिक कार्यकर्ता सरोजा बुढथापालाई सम्मान सहित ‘हुमेन हर्मोनी’ अवार्ड २०२४ हस्तान्तरण गरेका थिए ।


सम्मानित बुढथापाले मुगु जिल्ला अस्पताल सहित विभिन्न स्वास्थ्य सस्थाहरुमा कार्यरत रहँदा ३००० महिलालाई स्वास्थ्य संस्था बाहिर र ५००० महिलालाई स्वास्थ्य सस्थाहरुमा सुरक्षित प्रसूति गराउनु भएको थियो । माओवादी जनयुद्धका बेला जिल्ला अस्पताल मुगुका प्राय स्टाफहरू अस्पताल छोडेर बाहिर बस्दा बुढथापाले भने कहिल्यै जिल्ला अस्पताल छोड्नु भएन राती दिउँसो विभिन्न बिरामीहरूलाई सेवा दिए। सबैले अस्पताल छोड्दा पनि तत्कालीन राज्य सत्ता सञ्चालनमा सहयोग गरेको भन्दै माओवादिहरुले जिल्ला अस्पतालबाट उनलाई अपहरण गरेका थिए । १५ दिनसम्म अपहरित हुँदा उनले माओवादीका गयौ बिरामी कार्यकाको उपचार गरेको सुनाए ।

२०४३ सालमा स्वास्थ्य सेवामा प्रवेश गरेकी नर्स बुढथापाले ३० वर्ष मुगुको स्वास्थ्य क्षेत्रमा सेवा गरे ।

देश संघीयता गएपछि कर्मचारीहरू तीन तहका सरकार मातहतमा समायोजन भए म पनि स्थानीय तहमा समायोजन भए मलाइ जुम्ला जिल्लाको हिमा गाउँपालिकामा खटाइयो । ‘जुम्लाको दुर्गम पालिकामा पनि मुगुपछि स्वास्थ्य क्षेत्रमा सेवा गर्ने हुटहुटी थियो’, उनले भने, ‘मलाइ गाउँपालिकाले पद अनुसारको काम दिएन मैले एक वर्ष काम विहीन भएर दिन बिताउनु प¥यो र अन्ततः मैले आफ्नो सेवा अवधि हुँदै तीन वर्ष अगावै राजीनामा दिए ।’ उनी सेवा निवृत्त भए पनि ज्येष्ठ नागरिक, आमा तथा बालबालिकाको सेवामा तल्लीन छन् । (रेडियो नेपाल)

 

Translate »