खेलकुदको विकासका लागि सरकार प्रतिबद्ध : मन्त्री चौधरी

नेपालगन्ज । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले खेलकुद क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

नेपाली कांग्रेस बाँकेले आज पार्टी कार्यालय नेपालगन्जमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा कांग्रेस नेता समेत रहेका मन्त्री चौधरीले खेलाडीहरूलाई खेलमा टिकाइराख्न सरकारले विशेष कार्यक्रम ल्याउन लागेको जानकारी दिनु भएको हो ।

खेलाडीको वृत्ति विकासमा पनि सरकारले विशेष ध्यान दिने उनको भनाई छ । सुर्खेतमा आगामी मंसिरमा हुन लागेको दशौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई सफल बनाउन बाँकेको विशेष भूमिका रहने मन्त्री चौधरीले बताए ।

युवाका लागि पनि मन्त्रालयले विशेष कार्यक्रम सञ्चालन गरेकाले त्यसमा जोडिएर लाभ लिन उनले आग्रह गरे । नेपाली कांग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेलले बाँके खेलकुदको उर्वर भूमि भएकाले विशेष ध्यान मन्त्री चौधरी समक्ष आग्रह गरे ।

Translate »