२०८३ असोज २९ , बिहीबार
Sky News Nepal
October 16, 2026

परियार सेवा समाज सुर्खेतको अध्यक्षमा विकास नेपाली निर्वाचित



सुर्खेत । परियार सेवा समाज सुर्खेतको अध्यक्षमा विकास नेपाली निर्वाचित भएका छन् ।

समाजको शुक्रबार वीरेन्द्रनगरमा सम्पन्न प्रथम जिल्ला भेलाले विकास नेपालीको अध्यक्षतामा २७ सदस्यीय जिल्ला कार्यसमिति निर्वाचित गरेको हो ।

भेलाले समाजको उपाध्यक्ष (महिला) पुष्पा नेपाली र (पुरुष) अमृत परियार, सचिव मदनबहादुर परियार, सह–सचिवद्वय थुंगा परियार र बलबहादुर नेपाली तथा  कोषाध्यक्षमा नन्दा नेपालीलाई निर्वाचित गरेको छ ।

भेलाबाटै सदस्यहरुमा नरबहादुर परियार, धनसिंह परियार, डिलबहादुर नेपाली, भक्तबहादुर परियार, अमृत परियार, गोपाल परियार, तिलक परियार, बालकृष्ण परियार, तेजबहादुर परियार, टेकबहादुर परियार, गणेश परियार, मिना परियार, भबिसरा परियार, श्याम नेपाली कमला नेपाली, केशर नेपाली, जिवन परियार, मनवीर परियार, बिनम्र परियार र तारा परियार निर्वाचित भएका छन् ।

समाजको भेलाले सुर्खेतका चर्चित तथा लोकप्रिय समाजसेवी नरेन्द्र नेपालीको संयोजकत्वमा पाँच सदस्यी सल्लाहकार समिति समेत चयन गरेको छ ।

प्रकाशित मिति : २०८१ भदौ ७ गते शुक्रबार
Translate »