२०८३ असोज २९ , बिहीबार
Sky News Nepal
October 16, 2026

डोल्पामा बाह्र बर्से शे–मेला आजबाट सुरु

मौसम प्रतिकूल बनेपछि मुख्यमन्त्री कडेँल दुनैबाटै फर्किए


डोल्पा  । डोल्पाको उत्तरी क्षेत्रमा पर्ने शे–फोक्सुण्डो गाउँपालिका-३ साल्दाङ्गमा आजदेखि बाह्र बर्से शे–मेला सुरु भएको छ । बाह्र बर्से शे–मेलामा सहभागी हुन आएका कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेल मौसम प्रतिकूल बनेपछि फर्किएका छन् ।

मौसमका कारण दुनैदेखि कार्यक्रमस्थलसम्मको हवाइ रुट अवरुद्ध भएपछि दुनै पुगेका मुख्यमन्त्रीसहितको टोली कार्यालय प्रमुखहरुसँग भेटघाट गरेर पुनः हेलिकप्टरमै सुर्खेत फर्किएका हुन् ।

प्रत्येक बाह्र वर्षमा एक पटक लाग्ने बाह्र बर्से मेला चार दिनसम्म चल्ने आयोजकले जनाएको छ  । दर्शन शेल रिवो डुग्ड्राको,आर्जन विश्व शान्तिको भन्ने मूल नाराका साथ सुरु भएको ६७ औँ  मेला आयोजना गरिएको हो ।

प्रत्येक बाह्र वर्षमा एक पटक लाग्ने मेला विश्व शान्तिको आह्वानसँगै डोल्पा जिल्लाको प्राकृतिक धार्मिक तथा साँस्कृतिक पहिचाहन समेत झल्काउने गाउँपालिकाका उपाध्यक्ष तथा प्रचार प्रचार उप समितिका संयोजक पेमा वाङ्छेन गुरुङले बताए ।

यो मेलाबाट सामाजिक एकता एवं सद्भाव कायम गर्नुका साथै ऐतिहासिक तथा पुरातात्विक सम्पदाको विश्वसामु प्रचार प्रचार हुने आयोजकको अपेक्षा छ । रिवो डुग्ड्राको धार्मिक ढोका खुलाउने जिक्तेन गोन्पो रिन्छेन पलका शिष्य तपस्वि डुपतोप सिंगे यिशेको सम्मान स्वरुप लगाइएको यो मेलाबाट समग्र डोल्पो दर्शन समेत बुझ्न सकिने बताइएको छ । अन्नपूर्ण पोष्ट

प्रकाशित मिति : २०८१ भदौ १६ गते आइतबार
Translate »