मुगुमा बोलेरो जिप दुर्घटना, एक जनाको मृत्यु
मुगु । मुगुको बन्जाँहा भन्ने स्थानमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परी मृत्यु हुनेमा जिल्लाकै सोरू गाउँपालिका–३ भिँई गाउँका जीप धनी तथा सवारी चालक नरबहादुर बुमी रहेका छन् । बुधबार विहान सोरुकोटदेखि गमगढी बजारतर्फ फर्किने क्रममा ना १ ज–६४६७ नम्बरको बोलेरो जिप सडकको मोडमा व्याक गर्ने क्रममा करिब १ सय मिटर तल खसेर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए ।
उनका अनुसार जीपका सह–चालक रहेका अर्का व्यक्ति गाडी व्याक गर्दा बाहिर निस्केको, गाडी सडकको तल खस्दा प्रहरीलाई खबर गर्न भन्दै उ आफै फरार भएको र उक्त व्यक्तिको नाम खुल्न सकेको छैन ।
पहाडी जिल्लाहरुमा साँघुरा सडक, सेप्टिबाल नहुनु र घुम्तीमा मिलेका मोड नहुनाले प्रायः सवारी दुर्घटनाहरु हुनुको मुख्य कारण मानिएका छन् ।