२०८३ असोज २८ , बुधबार
Sky News Nepal
October 14, 2026

एमालेले टुंग्यायो स्थानीय तह उपनिर्वाचनका उम्मेदवार



काठमाडौं । एमालेले मंसिर १६ मा हुने स्थानीय तहको उपनिर्वाचनका उम्मेदवारको टुंगो लगाएको छ । एमाले केन्द्रीय सचिवालय बैठकले शनिबार प्रदेश र जिल्ला कमिटीले गरेको सिफारिसलाई अनुमोदन गर्दै उम्मेदवार टुंग्याएको हो ।

सचिवालय बैठकले स्थानीय तहको उम्मेदवारहरुको टुंगो लगाएको छ,’ एमाले निर्वाचन विभाग प्रमुख निरज आचार्यले जानकारी दिए, ‘अब उम्मेदवारहरु चुनावी मैदानमा उत्रिनु भएको छ ।’

सचिवालय बैठकले सिफारिस भई आएका उम्मेदवारहरूको नाम अनुमोदन गर्दै पार्टीका उम्मेदवारलाई विजयी गराउन सम्पूर्ण पार्टी पंक्ति एकताबद्ध भएर परिचालित हुन निर्देशन गरिएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

एमालेले अनुमोदन गरेका नगरपालिका, गाउँपालिका प्रमुख र उपप्रमुख उम्मेदवाहरुमा काठमाडौं कीर्तिपुर नगरपालिका प्रमुखमा सुरेन्द्र मानन्धर, मोरङ ग्रामथान गाउँपालिका अध्यक्ष तुल्सीराम विश्वास, गौरीशंकर गाउँपालिका दोलखा उपाध्यक्ष उमा लुंगेली मगर शेर्पा, रुकुम पूर्व पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष केशकुमारी तुलाचन, जाजरकोट नलगाड नगरपालिका उपप्रमुखमा सुनिता बोहरा, हुम्ला सर्केगाड गाउँपालिका उपाध्यक्षमा जाना शाही र बाजुरा स्वामीकार्तिक खापर उपाध्यक्षमा सुलोचनाकुमारी भण्डारी बुढा छन् ।

त्यस्तै एमालेले विभिन्न पालिकाका ३४ वडा अध्यक्षका उम्मेदवार पनि टुंगो लगाएको छ ।

प्रकाशित मिति : २०८१ कात्तिक २४ गते शनिबार
Translate »