देउती बज्यै मन्दिरकी पुजारी मृत फेला

सुर्खेत ।  सुर्खेत स्थित धार्मिक शक्तिपीठ देउती बज्यै मन्दिर परिसरमा पुजारी मृत अवस्थामा भेटिएकी छन् ।

आज बिहान मुख्य मन्दिरको पूर्वी ढोकामा ५० वर्षीया सरस्वती राजी मृत अस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी (डीएसपी) वीरेन्द्रवीर विश्वकर्माका अनुसार राजीको शव सलमा झुण्डिएको अवस्थामा भेटिएको थियो ।

प्रहरीले मुचुल्का उठाएर शवलाई पोस्टमार्टमको लागि प्रदेश अस्पताल पठाईएको जनाएको छ । घटना बारे थप अनुसन्धान भईरहेको प्रहरीको भनाइ छ ।

Translate »