भेरीगंगामा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु
छिन्चु । पूर्वी सुर्खेतको भेरीगंगा नगरपालिकासहित जिल्ला विभिन्न स्थानीय तहमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान (२५ नोभेम्बर देखि १० डिसेम्बर) अन्तर्गतको कार्यक्रम सोमबारदेखि सुरु भएको छ ।
‘हामी सबैको प्रतिबद्धताः लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता’ भन्ने राष्ट्रिय नाराका साथ कालीकोटमा पनि दिवसको मनाउन सुरु गरिएको छ । भेरीगंगा नगरपालिकाको छिन्चुमा नगरपालिकाले हिंसाविरुद्ध प्रभातफेरीको आयोजना गरी मनाइएको छ ।
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका अवसरमा आयोजना गरिएको प्रभातफेरीमा नगरप्रमुख यज्ञप्रसाद ढकालले हिंसाको अन्त्य नाराले होइन मनैदेखि अन्त्य गर्न सकेमा अभियानको औचित्य हुने बताए । उनले सबै खाले हिंसा अन्त्यका लागि यो अभियानलाई सार्थक बनाउन अपिल गरे ।