सुर्खेतमा ब्राउन सुगरसहित २ जना पक्राउ


वीरेन्द्रनगर । सुर्खेतको वीरेन्द्रनगरबाट लागुऔषध ब्राउन सुगरसहित बुधबार साँझ दुई जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार घरमा लुकाइछिपाइ राखिएको लागु औषध ब्राउन सुगरसहित वीरेन्द्रनगर नगरपालिका–७, का २२ वर्षिय बखतबहादुर नेपाली र दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका–९, का २६ वर्षिय लोकेन्द्रबहादुर थापालाई पक्राउ गरिएको हो ।

वीरेन्द्रनगर–३ ,स्थित प्रकास नेपालीको घरमा कोठा भाडामा लिएर बस्दै आएका नेपाली र थापालाई प्रहरीको लागु औषध नियन्त्रण शाखाबाट खटिएको संयुक्त प्रहरी टोलीले प्रतिबन्धित लागु औषध ब्राउन सुगरसहित रंगेहात पक्राउ हो ।

प्रहरीले उनीहरुको साथबाट १.९९० मिलिग्राम लागुऔषध ब्राउनसुगर बरामद गरेको छ । पक्राउ परेका दुबै जनालाई हिरासतमा राखेर आवश्यक कार्वाहीका लागि थप अनुसन्धान भईरहेको सुर्खेत प्रहरीले जनाएको छ ।

Translate »