नेपाली सेनामा जागिर खुल्यो

पण्डितदेखि नर्ससम्म

काठमाडौं । नेपाली सेनाले विभिन्न  पदका लागि भर्ना खुलाएको छ । सेनाले जारी गरेको सूचनामा तीन सय भन्दा बढीलाई रोजगारीको अवसर खुल्ला भएको उल्लेख छ ।

भर्ना छनौट निर्देशनालयले  सूचना जारी गर्दै नर्स, सिभिल, मेक्सिकल, पण्डित, भेटेरिनरी, भिडियो सम्पादन लगायतका प्राविधिक पदहरूमा आवदेन माग गरेको हो ।

मङ्सिर २८ गतेदेखि पुस २७ गतेसम्म केन्द्रीय भर्ना छनोट निर्देशनालय स्वयम्भूमा दरखास्त बुझाउन सकिने सूचनामा उल्लेख छ ।

Translate »