सुर्खेतका एसपी खड्का फेरी पुरस्कृत

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख (एसपी) रुपेश खड्का फेरी पुरस्कृत भएका छन् ।
जिल्लामा शान्ति सुरक्षा, अपराध नियन्त्रण, लागू औषध नियन्त्रण तथा अपरेशनल कार्यमा सहजिकरण गर्दै अमनचयन कायम राख्न सफल भएकाले एसपी खड्कालाई सशस्त्र प्रहरी बल नेपालले पुरस्कृत गरेको हो ।

सशस्त्र प्रहरी बल नेपाल नम्वर ६ महेश्वरी बाहिनी सुर्खेतको आज २४ औं स्थापना दिवसका अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले प्रशंसापत्रसहित एसपी खड्कालाई पुरस्कृत गरेका हुन् ।
कर्णाली प्रदेशको राजधानी रहेको सुर्खेतमा एसपी खड्काले उच्च मनोबलका साथ अहोरात्र खटिई समन्वयात्मक भूमिका निर्वाह गरेकोले उत्कृष्ट सम्पादन कार्यको मूल्याङकन गर्दे प्रशंसा पत्र प्रदान गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।
यसअघि एएपी खड्कालाई प्रहरी प्रधान कार्यालयले विभागीय नीति निर्देशन अनुसार सुम्पिएको जिम्मेवारी कुशलतापूर्वक प्रशंसनीय ढंगबाट कर्तव्यनिष्ठ र अनुशासित भई सन्तोषजनक रुपमा कार्य सम्पादन गरे वापत कार्यालयको रेकर्डमा जनिने गरि नगदसहित सम्मान गरेको थियो ।