सुर्खेतमा स्थानीय खाद्य स्वच्छता समूह गठन

सुर्खेत । होटल व्यवसायी संघ सुर्खेतका अध्यक्ष ऐनबहादुर शाहीको अध्यक्षतामा स्थानीय खाद्य स्वच्छता समूह गठन भएको छ ।

खाद्य स्वच्छताको आधारमा होटल तथा रेष्टुरेन्ट स्तरीकरण गर्ने सम्बन्धि निर्देशिका २०७४ को दफा १५ वमोजिम स्थानीय खाद्य स्वस्च्छता समूह गठन गरिएको हो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतका प्रमुख भेषबहादुर थापाको अध्यक्षतामा आईतबार बसेको बैठकले नौ सदस्यीय सुर्खेत जिल्ला स्थानीय खाद्य स्वच्छता समूह गठन गरेको छ ।

समूहको सदस्यमा राष्ट्रिय उपभोक्ता मञ्च कर्णाली प्रदेशका संयोजक आकाशतारा बयक, जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रतिनिधि झुकप्रसाद पौडेल, वीरेन्द्रनगर नगरपालिकाका प्रतिनिधि लिला पौडेल, सदस्य सचिवमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका खाद्य निरीक्षक कपिल सुवेदी एवं पत्रकारहरुका तर्फबाट किरण रेग्मी र जगत सापकोटालाई मनोनित गरिएको छ ।

बैठकमा नव गठित समूहले यहीं बैशाख ४ गते देखि ६ गते सम्म वीरेन्द्रनगर क्षेत्रका होटल तथा रेष्टुरेन्टहरुको स्तरीकरण तथा लोगो वितरण गर्ने कार्यमा सक्रियतापूर्वक जुटने सहमति भएको सदस्य सचिव सुवेदीले जानकारी दिए ।

Translate »