२०८३ असोज २१ , बुधबार
Sky News Nepal
October 7, 2026

चीनसँग सीमा जोडिएका कर्णालीका सबै नाका सञ्चालन गर्नुपर्छ : अध्यक्ष प्रचण्ड



सुर्खेत । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चीनसँग सीमा जोडिएका कर्णाली प्रदेशका सबै नाकाहरु सञ्चालनमा ल्याउनुपर्ने बताएका छन् ।

आज सुर्खेतमा वीरेन्द्रनगरमा आयोजित वाइसिएल नेपाल कर्णाली प्रदेश सम्मेलनमा बोल्दै प्रचण्डले सरकारले आफ्नो नीति तथा कार्यक्रम मार्फत कर्णाली प्रदेशलाई समृद्ध बनाउन चीनसँग आर्थिक व्यापार महत्वपूर्ण हुने जिकिर गरेका हुन् ।

उनले आफु सरकारमा रहँदा चीनसँगको सहकार्यबाट कर्णाली लगायत देशको उत्तरी सीमामा रहेका नागरिकका लागि आर्थिक अवसरको ढोका खोल्ने पहल गरेको जनाए ।

आफ्ना पालामा सञ्चालन गरेको ‘कर्णाली समृद्धि कार्यक्रम’ अहिले बन्द गरिएको प्रति दुःख व्यक्त गर्दै उनले त्यसलाई निरन्तरता दिनु पर्नेमा सरकारको ध्यानकर्षण गराए ।

कर्णाली क्षेत्र नेपाली क्रान्तिको ऐतिहासिक केन्द्र भएको भन्दै उनले प्रदेशको समृद्धिका लागि माओवादी नेतृत्वले सधैं प्राथमिकता दिएको उल्लेख गरे । माओवादी केन्द्र अहिले समाजवादी अभियानमा रहेको बताउँदै सो अभियानलाई अझ तीव्र बनाईने उनको भनाइ छ ।

 

प्रकाशित मिति : २०८२ वैशाख २९ गते सोमबार
Translate »