‘सडक सुरक्षा’ कविता प्रतियोगितामा सैनिक माविकी छात्रा प्रजिना खड्का प्रथम

 सुर्खेत । ‘सडक सुरक्षा’ विद्यालय स्तरीय कविता प्रतियोगितामा सैनिक आवासिय महाविद्यालयकी छात्रा प्रजिना खड्का प्रथम भएकी छन् ।

वीरेन्द्रनगरका पाँच वटा विद्यालयका छात्र तथा छात्राहरु वीच सार्वजनिक सेवा प्रसारण नेपाल रेडियो प्रादेशिक प्रसारण केन्द्र सुर्खेतमा आज भएको ‘सडक सुरक्षा’ सम्बन्धि कविता प्रतियोगितामा प्रजिना खड्का प्रथम भएकी हुन् । प्रतियोगितामा त्रिपुरेश्वर माध्यमिक विद्यालयका छात्र कुशल उपाध्याय द्वितीय र एसओएस हर्मन माईनर स्कुलकी छात्रा जनप्रिया धामीले तृतीय स्थान प्राप्त गरेकी छन् ।

पुरस्कृत छात्रा तथा छात्रालाई रेडियो रेडियो सुर्खेत प्रादेशिक प्रसारण केन्द्र प्रमुख (ईन्जिनियर) अनुराधा थापाले प्रमाणपत्रसहित शैक्षिक सामाग्री प्रदान गरेकी थिईन् ।

प्रतियोगिताको निर्णायक मण्डलमा साहित्यकार कृष्णराज धमाला, कर्णाली प्रदेशको भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयका यातायात शाखा प्रमुख जयराम बजगाई र रेडियो नेपाल सुर्खेत प्रसारण केन्द्रका वरिष्ठ कार्यक्रम अधिकृत डम्मरकुमारी आचार्य थिए । कार्यक्रम रेडियो नेपाल सुर्खेत प्रसारण केन्द्रका कार्यक्रम अधिकृत करिष्मा चौधरीले सञ्चालन गरेकी थिईन् ।

भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय कर्णाली प्रदेश र सार्वजनिक सेवा प्रसारण नेपाल रेडियो प्रादेशिक प्रसारण केन्द्र सुर्खेतको सहकार्यमा ‘सडक सुरक्षा’ कार्यक्रममा हरेक साताको मंगलबार बेलुकी ५ः४५ बजेदेखि ६ बजेसम्म प्रसारण हुने गर्दछ ।

Translate »