बाँके–२, मा एमालेका इश्तियाक राई विजयी

बाँके । बाँके निर्वाचन क्षेत्र नम्वर २, बाट नेकपा (एमाले) का मोहम्मद इश्तियाक राई विजयी भएका छन् ।

उनले २४ हजार ६२६ मतसहित विजयी भएका हुन् । उक्त क्षेत्रमा रास्वपाका उम्मेदवार विवेककुमार श्रेष्ठले १८ हजार ५ सय ८१ र नेपाली कांग्रेसका सुधान्स कोइरालाले १७ हजार ५ सय ९० मत पाए ।

त्यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार ऋषिराज देवकोटाले १ हजार २ सय ८६ मत हासिल गरेका छन् ।

त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार दीपेन्द्र विष्ट जम्मा १ हजार १५ मतसहित पाँचौं स्थानमा रहेका छन् । नेकपा एमालले बाँके–२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा खाता खोलेको छ ।

Translate »