जुम्लामा राप्रपाका ज्ञानेन्द्रबहादुर शाही विजयी

जुम्ला । जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का  ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)  विजयी भएका छन् ।

बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको जारी मगतणनामा १४ हजार ८ सय १६ मत पाएर उनले नेपाली कम्युनिष्ट पार्टीका नरेश भण्डारीले पराजीत गरेका हुन् । भण्डारीले ११ हजार ६ सय ३५ मत प्राप्त गरे ।

त्यस्तै नेपाली काँग्रेसका दिपबहादुर शाहीले ७ हजार १ सय ४३, नेकपा एमालेका शान्तिलाल महतले ४ हजार ५ सय १८, राष्ट्रिय स्वतन्त्र पार्टीका विनिता कठायतले ४ सय २१, नेपाल मजदुर किसान पार्टीका विर्ख बहादुर रावतले ४ सय तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका मनऋषि धितालले १ सय १३ मत प्राप्त गरे ।

कुल ७१ हजार ७ सय ३९ मतदाता रहेकामा ४० हजार ८ सय ३९ मत खसेको थियो । बदर मत १ हजार ७ सय रहेको छ ।

Translate »