सुर्खेत–१, मा नेपाली काँग्रेसका विष्णुबहादुर खड्का विजयी

सुर्खेत । सुर्खेत निर्वाचन क्षेत्र नम्वर १, बाट नेपाली काँग्रेसका उम्मेदवार विष्णुबहादुर खड्का विजयी भएका छन् ।

उनले २६ हजार ८ सय ९७ मत पाएर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका धुवकुमार शाहीले १८ हजार ८ सय ९० मत प्राप्त गरेका छन् ।

खड्काले एमालेका शाहीलाई ८ हजार ७ मतान्तरले पछि पार्दै विजयी भएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर सिंह ठकुरीले १४ हजार ७ सय २९ मत पाएर तेस्रो स्थान प्राप्त गरे भने नेपाली कम्युनिष्ट पार्टीका जितबहादुर रानाले २ हजार ८ सय २८ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका रविकिरण हमालले १ हजार ४९ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यहाँले १३ जना उ्रम्मेदवारले प्रतिस्पर्धा गरेका थिए । निर्वाचित खड्का नेपाली काँग्रेस सुर्खेतका उपसभापति समेत हुन ।

Translate »