२०८३ भदौ ७ , आइतबार
Sky News Nepal
August 23, 2026

उत्कृष्ट अभिकर्ताको सम्मान लोकजंगलाई



स्काई न्यूज /पुस ५, सुर्खेत ।
एशियन लाईफ ईन्स्योरेन्सको उत्कृष्ट अभिकर्ताको सम्मान सुर्खेतका लोकजंग रोकायले पाएका छन् । रोकयलाई शनिबार वीरेन्द्रनगरका एक कार्यक्रमको आयोजना गरि सम्मान गरिएको हो । सम्मान कार्यक्रममा ईन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठ, कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत एव. मार्केटिङ्ग प्रमुख होमबहादुर श्रेष्ठ तथा कम्पनीका सहायक महाप्रबन्धक विजय पराजुलीबाट उत्कृष्ट अभिकर्ता सम्मान प्रदान गरेका हुन् । कर्णाली प्रदेशको सातौ स्थान ल्याउन रोकाय सफल भएका थिए । उक्त सम्मानबाट आगामी योजना तथा लक्ष्य प्राप्तिका लागि थप जोससँगै उत्साह बढेको रोकायले बताए ।

प्रकाशित मिति : २०७६ पुस ५ गते शनिबार
Translate »