कारागारमा एक कैदीको मृत्यु


जुम्ला । जुम्ला कारागारमा रहेका एक कैदीको मृत्यु भएको छ।
जबरजस्ती करणी मुद्दामा तीन वर्षदेखि कैद भुक्तान गरिरहेका ३४ वर्षिय प्रदीपकुमार टमटाको आइतबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । मृत्तक कैदी मुगुको खत्याड गाउँपालिका–३ का बासिन्दा थिए ।
उनको एक्कासि जीउ र पेट दुख्न थालेपछि अस्पताल पु¥याईएपनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक असिम हमालले बताए ।

प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले कैदी टमटाको हृदयघातका कारण मृत्यु भएको हुन सक्ने चिकित्सकले बताएपनि ‘पोस्टमार्टम रिपोर्टपछि सबै कुरा थाहा हुने बताए ।
‘आज विहान टमटाले ब्याडमिन्टन खेलेका थिए । त्यसपछि कफी पिएर लुडोसमेत खेले,’ कारागारका प्रमुख गयाप्रसाद पाण्डेले भने, ‘खाना खान जादै गर्दा उनी लडे । हतार–हतारमा अस्पताल पुर्याउँदा पनि बचाउन सकिएन ।’
मृतक टमटाको घटनाको मुचुल्का समेत उठाईएको प्रहरीले जनाएको छ ।

