२०८३ असोज ३० , शुक्रबार
Sky News Nepal
October 16, 2026

झुन्डिएको अवस्थामा किशोरीको शव फेला



बाँके। कोहलपुरमा एक किशोरीको शव झुन्डिएको अवस्थामा फेला परेको छ । कोहलपुर नगरपालिका वडा न–९, पपरीस्थित दुग्ध विकास संस्थान (डिडिसी) परिसरको रूखमा झुन्डिएको अवस्थामा किशोरीको शव भेटिएको हो ।

चौरजहारी नगरपालिका–४, पश्चिम रुकुम घर भई हाल कोहलपुर बस्दै आएकी १५ वर्षकी निर्मला पुनको शव झुन्डिएको अवस्थामा फेला रहेको कोहलपुर नगरपालिका वडा न–९ का वडाध्यक्ष उपेन्द्रनाथले बताए। योगीका अनुसार मृतक युवती कोहलपुर–१० को त्रिभुवन मावि कक्षा ९ मा अध्ययनरत थिइन ।

अहिले प्रहरीको टोली घटनास्थल पुगेको छ भने शव निकाल्ने काम भइरहेको छ ।

घटनाको थप विवरण आउन बाँकी नै छ भने घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जानकारी दिएको छ। रेडियो नेपाल

प्रकाशित मिति : २०८१ साउन ३१ गते बिहीबार
Translate »