धनगढीमा काँग्रेस सभापति देउवा निवास अगाडि सडकमा फेला परेको शंकास्पद वस्तु सेनाद्वारा निष्क्रिय पारियो

धनगढी । पूर्वप्रधानमन्त्री एंव नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाको धनगढी स्थित निजी निवास अगाडि सडकमा फेला परेको शंकास्पद वस्तु नेपाली सेनाले निस्क्रिय पारेको छ ।

धनगढी उपमहानगरपालिका–४, स्थित देउवा निवास अगाडि सडकमा भेटिएको शंकास्पद वस्तु केहीवेर अघि नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको हो ।

देउवा निवास अगाडी गएराती १ बजेतिर शंकास्पद वस्तु भेटिएको खवर प्राप्त भएको र विहान नेपाली सेनाको टोली पुगेर उक्त शंकास्दपद वस्तु निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी (डीएसपी) कविन्द्र बोहराले बताए । हाल देउवा निवासमा निवर्तमान भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवा बस्दै आएका छन् ।

Translate »